जातिय आधारमा राज्यको पुनर्संरचना गर्न नहुने भन्दै संयुक्त क्षेत्री ब्राम्हण समाजद्धारा नुवाकोट बन्द

जातिय आधारमा राज्यको पुनर्संरचना गर्न नहुने भन्दै संयुक्त क्षेत्री ब्राम्हण समाजले आज नुवाकोट बन्द गरेको छ ।

 

 भौगोलिक आधारमा संघियता कायम हुनुपर्ने, बाम्हण, क्षेत्री, गिरीलगायतकालाई आदिवासी घोषणा गरिनुपर्ने, तोकिएको समयमा संविधान जारी हुनुपर्ने लगायतका मागहरु अघि सार्दै एक दिने बन्दको आव्हान गरिएको हो ।

 

बन्दले यातायात, उद्योग, शिक्षण संस्था ठप्प छन् भने विहानैदेखि सदरमुकाम विदुरसहित विभिन्न स्थानमा प्रर्दशन गरिएको छ ।