सरकारद्धारा नेपाली सेना र सशस्त्र प्रहरीमा तीन उच्च अधिकृतको बढुवा, भन्सार महशुल बृद्धि गर्ने निर्णय

– दीपेश श्रेष्ठ

 

काठमाडौं । सरकारले नेपाली सेना र सशस्त्र प्रहरीमा तीन उच्च अधिकृतको बढुवा गर्नुका साथै पहेलो धातु सुनको भन्सार महशुल बृद्धि गर्ने निर्णय गरेको छ ।

 

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनामा साधारण तर्फ रिक्त सहायक रथीमा महासेनानी प्रकाशसिंह बोगटी र सेनानी निर्माणसिंह गुरुङलाई महासेनानीमा बढुवा गरेको छ । सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षकमा कृष्णकुमार तामाङलाई बढुवा गर्ने निर्णय गरेको अर्थमन्त्री बर्षमान पुनले जानकारी दिए ।

 

सरकारले सुनको भन्सार मूल्यमा प्रति दस ग्राम २३ सय रुपियाँ बृद्धि गर्ने निर्णय गरेको छ । यो सँगै आकाशिएको सुनको मूल्य अरु बढ्ने छ ।

 

युरोपियन युनियन र नेपाल सरकारवीच निजी क्षेत्रको विकास, सुरक्षा, लगानी, आपूर्ति लगायतको वातावरण बनाउन ऋण सहायतामा हस्ताक्षर गर्ने निर्णय गरेको मन्त्री पुनले बताए ।

 

सिराहाको लक्ष्मीनिया