थारु संर्घष समितीको दुई दिन तराई बन्द

– कृष्ण खनाल

 
बुटवलवैशाख २१ ।  थारु संर्घष समितिको आव्हानमा आज र भोली दुई दिन बैशाख २२ र २३ गतेआम हडताल सहित सम्पुर्ण थारुहट, थारवान तराईका जिल्लाहरु  बन्दको घोषणा गरिएको छ ।


विहिवार संयुक्त प्रेश विज्ञप्ती जारीगरी  उक्त बन्दको घोषण गरिएको हो । 

 

 चितवन देखी पश्चिम काचनपुर सम्म थारुवान, थारुहट स्वायत्त प्रदेश घोषणा हुर्नुपर्ने सिराहदेखी पुर्व झापासम्म पुर्वी थारुवान, थारुहट कोचिला प्रदेशको घोषणा हुनुपर्ने  पसा्र देखी मध्य तराई सिमौ्रनगढ स्वायत्त प्रदेश घोषणा गर्नुपर्ने तथा जातिय पहिचान आत्म निर्णयको अधिकार राजनैतिक अग्रधिकार स्वयत्तता भाषा उत्पीडित क्षेत्रहरुको अधिकार सहित नयु संविधान जारी गर्नुपर्ने माग सहित तराई बन्दको घोषणा गरिएको हो प्रेस विज्ञप्तीमा जनाइएको छ ।

 


यसैविच राष्ट्रिय अखण्डता जातिय सद्भावको लागि संयुक्त संर्घष समितीको आव्ह्ानमा बैशाख २८ र २९ गते नेपाल बन्दको घोषणा गरिएको छ । क्षेत्री समाज नेपाल ब्राह्माण समाज नेपाल ठकुरी समाज महासंघ नेपाल दशनामी समाज विभेद मुक्ति प्रगतिशिल समाज दलित जनजागरण सेवा संघ र पिछडा बर्ग महासंघ को संयुक्त आयोजनमा नेपाल बन्दको घोषण गरिएको संयुक्त संर्घष समिती रुपन्देही अध्यक्ष लेख बहादुर कार्की द्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।