
मुम्बई – शाहरुखको परिवार भाँडेको आरोप खेपिरहेका बेला नायिका पि्रयंका चोपडाले सार्वजनिक रूपमा त्यसको खण्डन त गरेकी छैनन् ।
तर यतिबेला भने उनले सैफ अलि खान र उनकी प्रेमिका करिना कपुरसँग कुनै नराम्रो सम्बन्ध नरहेको जिकिर गरेकी छन् ।
यसअघि बेबोसँगकै झगडाका कारण पि्रयंकाले सैफ अलिसँग फिल्म नखेलेको अनुमान गरिँदै आएको छ ।
‘सैफ र मैले केही वर्षअघि दुई/तीन फिल्म सँगै खेल्ने कुरा भएकै हो,’ पि्रयंकाले अतीत कोट्याइन्, ‘तर लगत्तै दुवै अरू नै प्रोजेक्टमा व्यस्त हुन थाल्यौं र सँगै खेल्न अहिलेसम्म जुरेको छैन ।’
उनले सैफ अलि दमदार कलाकार भएको सुनाउँदै भनिन्, ‘उनीसँग काम गर्नका लागि म सधैं उत्साहित नै छु ।’
पि्रयंकाले बेबोसँग आफ्नो कुनै खटपटको सम्बन्ध नरहेको पनि दोहोर्याइन् ।
आफूहरूबीच उत्कृष्टताको होडबाजी पनि नरहेको दाबी गर्दै भनिन्, ‘तपाइर्ंले केही हासिल गर्न चाहनुहुन्छ भने सक्दो कोसिस जसले पनि गर्छ तर यो होइन कि कसैको मुखमा लात मारेरै उपलब्धि हासिल गर्नुपर्छ । यस्तो कसैले गर्छ भने ऊ चैनले बस्नै सक्दैन ।’
वर्षमा झन्डै चार सय फिल्म बन्ने बलिउडमा नम्बर एक कलाकार भनेर छुट्याउनु मुस्किल काम भएको बताउँदै राष्ट्रिय अवार्ड विजेता पि्रयंकाले भनिन्, ‘त्यतिका फिल्मबाट सबै हिट फिल्म एउटैले मात्रै खेल्ने पनि त होइन ।
मलाई त लाग्छ, चार हिरो र पाँच/छ हिरोइन सधैं उत्तिकै चर्चामा रहन्छन् ।’ – एजेन्सी