अर्घाखाँचीको अर्घामा परेको चट्यांगले १ जनाको मृत्यु, १२ जना घाईते

प्रेमनारायण आचार्य


  अर्घाखाँची २३ बैसाख । अर्घाखाँचीको अर्घा १ पाथ्राबांगमा आज दिउसो परेको चट्यांगले लागेर १ जनाको ज्यान गएको छ । १२ जना घाईते भएका छन् । घाईते मध्ये १ जनाको अबस्था गम्भीर रहेको छ ।

 

   अर्घा १ पाथ्राबांगमा रहेको दलित बस्तीमा आज परेको चट्यांगले लागेर स्थानीय ७२ बर्षिय चखली बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक अरुण पौडेलले बताउनु भयो ।


   गम्भीर घाईते भएकी ४५ बर्षिय कौशल्या बिकको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ भने अन्य घाईतेको स्थानीय स्तरमा उपचार भैरहेको छ ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु