सन्धिखर्क, अर्घाखाँची – गत २० गते बुधवार राती रेडियो अर्घाखाँचीबाट एक जना व्यक्तीले रेडियो प्रसारण समय बन्द भए लगतै अर्घाखाँची डट्कममा लाईभ प्रसारण बन्द नगरि कुनै युवतीसँग रातभर फोन मार्फत अस्लील यौन बार्तालाव गरेको र सो अर्घाखाँचीडट्कम अन्लाईन मार्फत विश्वभर सुनिरहेको घटनालाई लिएर रेडियो अर्घाखाँचीले खेद प्रकट गरेको छ।
स्टेशन म्यानेजर शोभाखर पन्थीद्धाराजारी विज्ञप्ति अनुसार उच्श्रृङ्खल कार्यहरु गर्ने माथि अनुसन्धान भइरहेको र सत्य तथ्य पछि वेबसाईट दुरुपयोग गर्नेमाथी कार्बाही गरीने समेत प्रतिबद्धता जनाइएको छ।
सो अस्लील बार्तालाव अर्घाखाँचीडट्कम अन्लाईन मार्फत विश्वभर प्रत्क्षय सुने लगतै हजारौ पाठकहरुबाट विभिन्न नकारात्मक टिप्पणी, बहस, सुझाब आउनुका साथै कारबाहीको माग गरिएका थिए।
रेडियो अर्घाखाँचीबाट जारी विज्ञप्ति:-
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.