बैशाख २३ गते काठमाण्डौं । द हिमालयन चेस क्लबद्धारा सल्लाहकार एवं चेसप्रेमी पुण्यलाल श्रेष्ठको स्मृतिमाआयोजित दोश्रो रेपिड फिडे रेटिङ्ग चेस टुर्नामेन्टको उपाधि पिएलए स्पोर्टस क्लबकाराजन पुरीले जितेका छन् । स्वीस लिग पाँच चरणको खेलमा शतप्रतिशत नतिजासहित युवाराजन विजेता बनेका हुन् । उनले चौथौं खेलमा पूर्व नेपाल च्याम्पियन बदि्रलालनेपालीलाई र अन्तिम खेलमा सिएम केशव श्रेष्ठलाई हराएका थिए । उपाधिका साथ उनलेनगद तीन हजार प्राप्त गरे । त्यस्तै बदि्रलालले पाँचौ चरणको खेलमा मोरङ्गका पुर्णराजखड्कालाई माथ गरी ४ अंक १३ प्रोग्रेसिवका साथ दोश्रा भए । उनले नगद दुई हजारप्राप्त गरे भने भेट्रान ओलम्पियाड खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ ४ अंक ११प्रोग्रेसिवका साथ तेश्रा भई नगद एकहजार पाँचसय हात पारे । टुर्नामेन्टमा जम्मा १५-१५मिनेट र प्रत्येक चालको लागि ५ सेकेन्ड थप समय दिइएको खेलमा पूर्णराज चौथौंर केशव पाँचौं रहे । उनीहरुले जनही नगद एक हजार प्राप्त गरे ।
एक दिने यस टुर्नामेन्टमाफिडेमास्टर मनिष हमाल विलमलाल श्रेष्ठ पूर्वनेपाल च्याम्पियन सुरवीर लामानबिन तण्डुकार यू१९ च्याम्पियन रुपेश जैसवाल नेपालका पहिलो अन्तरराष्ट्रियआर्विटर ज्ञानेन्द्र खाइजुसहित २५ जना खेलाडीहरुको सहभागिता रहेको थियो । विजेता एवंसहभागिहरुलाई एक कार्यक्रमबीच नेपाल खेलकूद पत्रकार मंन्चका उपाध्यक्ष संजिवशिल्पकारले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।