– तारा खड्का
बैशाक २३ अर्घाखाँची । अर्घाखाँची जिल्लामा संचालित तेस्रो राष्ट्रपति रनिङ शिल्ड शिद्ध ने.रा. माध्यमिक विधालय मरेङले हात पारेको छ ।
प्रतियोगीतामा जनज्योती उच्च मावि र चन्द्र मावि चिदिका द्धित्तीय गौरी संकर ईङ्गलीस वोर्डीङ स्कुल र सुर्य उच्च मावी गोखुङ्गा तृतिय भएका छन् ।
छात्र भलिवलको शिल्ड जनजागृति उच्च मावि धनचौरले जितेको छ भने छात्रा भलिवल शिल्ड पनि शिद्ध नेरा मा।वि। मरेङ्गले नै हात पारेको छ ।
छात्र भलिवल प्रतियोगीतामा ज्योती उच्च मवि ठाडा द्धित्तिय र शिव मदन उच्च मावि सतिनेटा तृतिय भएका छन् भने छात्रा भलिवलमा सिद्धार्थ उच्च मावि हंसपुर द्धित्तिय र जन ज्योती उच्च मावि चुत्रावेसीले तृतिय स्थान हासील गरेका छन् ।
भलिवल खेलमा ज्योती उच्च मावि ठाडाका सरोज परियार र सिद्ध ने.रा. माविका शान्ता विक सर्वोत्कृष्ट खेलाडी घोसीत भएका छन् ।
सन्धिखर्कको टुडिखेल मैदानमा सम्पन्न प्रतियोगीतामा १ सय मिटर छात्र दौडमा शान्ति मा.वि खिल्जिका कृष्ण थापा प्रथम चन्द्र मावि चिदिकाका राम बहादुर कुमाल द्धित्तिय र गौरीसंकर वोर्डिङ्ग स्कुलका वावुराम खनाल तृतिय भएका छन् ।
यसैगरि छात्रा तर्फको १ सय मिटर दौडमा ज्ञानप्रकास मावि सल्लिकोटका सारदा भुसाल प्रथम विश्व उच्च मा।वि ढाकावाङ्गका कमला भुसाल द्धित्तिय र चन्द्र मा।वि चिदिकाका उमा कुमाल तृतिय भएका छन् ।
यसैगरी छात्र २ सय मिटर दौडमा जनज्योती उच्च मावि चुत्रावेसीका कमल विक प्रथम चन्द्र मा.वि चिदिकाका प्रेम विक द्धित्तिय र वीरेन्द्र उचच मा.वि मरेङ्गका विष्णु जि.सी तृतिय भएका छन् ।
छात्र तर्फको ४ सय मिटर दौडमा शिद्ध नेरा मा.वि मरेङ्गका विष्णु प्रसाद पाण्डे प्रथम जनज्योती उ.माविका कष्ण मुखिया द्धित्तिय र भगवति मावि नुवाकोटका राजु रायमाझी तृतिय भएका छन् ।
४ सय मिटर छात्रा दौडमा विजय उच्च मा.वि डिभर्नाका शुस्मिता खनाल प्रथम सरस्वती उच्च मावि भगवतीका अमृता श्रेष्ठ द्धित्तिय र सारदा मावि केरुङ्गाका सिता खनाल तृतिय भएका छन् ।
लम जम्प छात्र तर्फ गौरी शंकर वोर्डीङ्ग स्कुलका विशाल परियार प्रथम वीरेन्द्र उच्च मावि मरेङका नारायण कुवर द्धीत्तिय र शान्ति मावि खिल्जिका कृष्ण बहादुर थापा तृतिय भएका छन् ।
छात्रा लमजम्पमा चन्द्र मावि चिदिकाकी उमा कुमाल प्रथम सरस्वती उच्च मावि भगवतीकि अमृता श्रेष्ठ द्धित्तिय र सुर्य उच्च मावि गोखुङ्गाकी विमला खनाल तृतिय भएकी छिन् ।
छात्र हाईजम्पमा युवावर्ष रबिचित्र मावि हटारी नेटाका रविन सापकोटा प्रथम जनप्रीय उच्च मावि असुरकोटका वालकृष्ण घर्ती द्धित्तिय र हिमालय वोर्डीङ्ग स्कुल वल्कोटका राममणी लामीछाने तृतिय भएका छन् ।
यसैगरी छात्रा हाईजम्पमा सारदा मावि केरुङ्गाका सीता खनाल प्रथम जनकल्याण मावि तारुभतेराका सरस्वती पाण्डे द्धित्तिय र सारदा उच्च मावि ढिकुराका निर्मला परियार तृतिय भएका छन् ।
सटपुट छात्र तर्फ मदरल्याण्ड बोर्डीङ्ग स्कुलका विराट श्रेष्ठ प्रथम सुर्य उच्च मा।वि गोखुङ्गाका मोहन केसी द्धित्तिय र गौरी संकर बोर्डीङ्ग स्कुल सन्धिखर्कका श्रिराम आले तृतिय भएका छन् ।
छात्रा सटपुटमा शिद्ध नेरा मावि मरेङ्गका शान्ता विक प्रथम भगवति उच्च मावि शंखेटारीका माजु गन्द्धर्व द्धित्तिय र सुर्य उच्च मावि गोखुङ्गाका अन्जु थापा तृतिय भएका छन् ।
छात्र तर्फको ज्यावलिङ्ग थ्रो मा ग्रीन वोर्डीङ्ग स्कुलका रमेश विक प्रथम शान्ति मा।वि खिल्जिका संकर परियार द्धित्तिय र सहिद वोर्डीङ्ग स्कुल वल्कोटका आकाश विक तथा ज्योती उच्च मावि ठाडाका खगेन्द्र रेग्मी तृतिय भएका छन् ।
छात्रा ज्यावलीङ्ग थ्रो मा सुर्य उच्च मा.वि. गोखुङ्गाकी मिना खनाल प्रथम गौरी संकर वोर्डिङ्ग स्कुलकी ज्योती थापा द्धित्तिय र भगवती मा.वि नुवाकोटकी रिता मल्ल तृतिय भएका छन् ।
विजयी खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ स्थानीय विकास अधिकारी पुण्य विक्रम पौडेल माओवादी जिल्ला ईन्चार्ज चन्द्र बहादुर खड्का उज्ज्वल काग्रेस जिल्ला सभापति कमल प्रसाद भुसाल एमाले अध्यक्ष रामजी प्रसाद घिमिरे राजमोका गोपाल पौडेल प्रहरी नायव उपरिक्षक अरुण पौडेल चन्दननाथ गणका गणपति राम काजी राना मगर । जिल्ला शिक्षा अधिकारी मित्रमणि खनाल खेलकुद विकास समितिका अध्यक्ष हरीप्रसाद भट्टराई प्रकाश वस्नेत सरोज पैाडेल लगायतले शिल्ड ट्रफि मेडल पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पुर्व स्थानीय विकास मन्त्रि टोप बहादुर रायमाझीले उद्घाटन गर्नुभएको थियो ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.