अर्घाखाँचीको ऐतिहासिक स्थल पाणिनि तपोभूमिको प्रचारमा काठमाण्डौंमा

– तारा खड्का

 

काठमाण्डौं । अर्घाखाँचीको ऐतिहासिक स्थल पाणिनि तपोभूमिमा आगामी जेठ १ गतेदेखि ९ गतेसम्म गर्न लागिएको श्रीमद्भागवत् प्रवचन तथा शिवपुराण अनुष्ठान वत्तिस करोड दिब्य दीप प्रज्ज्वलन पाणिनि महोत्सव तथा राष्ट्रकल्याण महायज्ञको प्रचार गर्ने क्रममा शनिवार काठमाण्डौंमा मोटरसाइकल र् याली निकालिएको छ ।

 

सहयोग समिति काठमाण्डौंको आयोजनामा भएको र् यालीको अगुवाइ खिमानन्द वस्याल निमराज घिमिरे यदुनाथ पोखरेललगायतले गरेका थिए । 

 
काठमाण्डौंको पदमोदय गेटबाट शुरु भएको र् याली विभिन्न स्थान हुदै प्रदशनी मार्गमा पुगी समापन भएको थियो ।


यसैबीच काठमाण्डौंमा शनिवार नै पत्रकार सम्मेलन गरी महोत्सवका बारेमा जानाकारी गराइएको प्रचार संयोजक विष्णु पोखरेले बताए । उनका अनुसार पत्रकार सम्मेलनमा साहित्यकार मोदनाथ प्रश्रित सभासदहरु पुष्पा भुसाल विमला केसी कुलप्रसाद नेपाललगायतको उपस्थीति रहेको थियो । त्यस्तै डा। रामवहादुर विसि रामकुमार क्षेत्रीलगायतको पनि उपस्थीति रहेको थियो । कार्यक्रममा खिमानन्द वस्याललगायतले कार्यक्रमबारे प्रकाश पारेका थिए ।


यता  जिल्ला विकास समिति अर्घाखाँचीका पूर्व सभापति खगेन्द्रराज पाखरेलको संयोजकत्वको मूल समितिले भेटघाट र प्रचारप्रसार तीव्र पार्ने क्रममा अर्घाखाचीको सदरमुकाममा रहेका सरकारी निकायका प्रमुखहरुसग भेटघाटलाइ तिव्रता दिएको छ । आर्थिक संयोजक धनराज पोखरेल सहितको टोलिले कार्यक्रमका बारेमा जानाकारी गराएको प्रचार संयोजक विष्णु पोखरेलले बताए ।


हजारौं बर्ष पुरानो इतिहास बोकेको पाणिनि तपोभूमिमा प्राचीन कालमा तक्षशिला बिश्वबिद्यालयका प्राध्यापक भाष वैज्ञानिक महर्षि्र पाणिनि आइ तपस्या गरेकाले यस स्थानको महत्व बढी रहेको दावी गरिदै आइएको छ । पहाडको टुप्पोमा करिव ५ सय रोपनी समथर  मैदानको बीचमा ठूलो पुष्करिणी दह रहेको छ ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु