नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड, प्रतितोला ५६ हजार रुपियाँ

काठमाडौँ  – नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड हासिल गरेको छ। गत मङ्सिर १५ गते को मूल्य रेकर्ड तोड्दै शुक्रबार स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५६ हजार रुपियाँमा कारोबार भयो।

मङ्सिर १५ गते छापावाल सुनको मूल्य प्रतितोला ५५ हजार ८ सय रुपियाँ थियो। हिजो स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५५ हजार ४ सय रुपियाँ रहेको थियो।


मन्त्रिपरिषदको हिजो बसेको बैठकले सुन आयातमा भन्सार दर वृद्धि गरेपछि सुनको मूल्यवृद्धि भएको सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए।


उनका अनुसार प्रतितोला करिब ९ सय ३३ रुपियाँले भन्सार दरमा वृद्धि भएपछि सुनको मूल्य अहिले सम्मकै उच्च हुन पुगेको हो। – नागरिक