
विशाल भारद्वाजको फिल्म ‘डेढ इश्किया’ र अनुभव सिन्हाको ‘गुलाब गन्ज’ मा खेल्नका लागि मन्जुरी जनाइसकेकी छन् । उनले ट्वीटर मार्फत दमदार पुनरागमनको सूचना दिएकी हुन् ।
‘म नयाँ भूमिका खोजिरहेकी छु । यसको लागि फरक खालको फिल्म गर्न खोजिरहेकी छु’ उनले ट्वीटेकी छन्, ‘अभिनेत्रीको हिसाबले मैले आफैंलाई पनि चुनौती दिन चाहेकी छु । मलाई लाग्छ, मैले खेल्न लागेको भूमिकाले जोकोहीलाई पनि रोमाञ्चित पार्नेछ । र दमदारको प्रभाव छोड्नेछ ।’
विवाहपछि खेलेको फिल्म ‘आजा नचले’ ले सोचे अनुसार दर्शक मन तान्न नसकेपछि माधुरीलाई केही झट्का लागेको थियो । त्यसपछि कहिले रियालिटी शोको निर्णायकमा आफूलाई सीमित पार्दै त कहिले पतिसँग अमेरिकामा बस्न थालेकी माधुरी गत वर्ष पुनः भारत फर्केपछि फिल्म खेल्न तातिएकी थिइन् । – एजेन्सी



