बलिउड अभिनेता अमिर खानको बहुचर्चित टेलिभिजन कार्यक्रम सत्यमेव जयते: सोफिया हयात पनि यौन शोषणको सिकार


 

नयाँ दिल्ली – बलिउड अभिनेता अमिर खानको बहुचर्चित टेलिभिजन कार्यक्रम सत्यमेव जयतेको आइतबार प्रसारण गरिएको दोस्रो एपिसोडको कार्यक्रममा अभिनेत्री सोफिया हयातले आफू पनि केटाकेटीमा यौन शोषणको सिकार भएको बताएकी छिन्। उनले टि्वटरमा आफ्नो सन्देशमार्फत् उक्त कुरा बताएकी हुन्।

‘म पनि १० वर्षको उमेरमा यौन शोषणको सिकार भएकी थिएँ तर त्यतिबेला कसैले पनि मेरो कुरा विश्वास गरेन’- उनले टि्वट गरेकी छिन्।

अमिरले आफ्नो यस कार्यक्रममा बाल यौन शोषणको समस्या उठाएका थिए। भारतको महिला एवम् बाल विकास कल्याण मन्त्रालयको प्रतिवेदनलाई आधार बनाउँदै अमिरले भारतमा ५३ प्रतिशत बालबालिका यौन शोषणको सिकार हुने बताएका थिए।

यस कार्यक्रमलाई बेलायती एसियाली अभिनेत्री सोफिया हयातले पनि हरेकी थिइन्। कार्यक्रम हेरेपछि उनले टि्वटरमा लेखिन- ‘मैले अहिलेसम्म भारतमा यस शोषणको कुरा गरेकी थिइन् तर सत्यमेव जयतेले आज मलाई यो सबै भन्न बाध्य पारेको छ।’

‘पहिलो पटक मैले आफ्नी आमालाई यो कुरा बताउँदा मेरो उमेर १० वर्ष थियो। मेरी आमालाई ममाथि विश्वास भएन।

कुरा कुनै पनि किसिमको शोषणको हुँदा तपाईंहरूले आफ्ना नानीहरूको कुरा सुन्नुपर्छ’, उनले अगाडि टि्वट गरेकी छिन्- यो कार्यक्रम हेरिरहँदा म निकै रोइरहेकी छु।

गत साता अमिरले यसै कार्यक्रममार्फत कन्न्या भ्रुण हत्याको विषय उठाएका थिए। – एजेन्सी