नेपाल आयल निगमलाई फेरि २ अर्ब १० करोड रुपैया ऋण


 

काठमाडौ । पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न सरकारले नेपाल आयल निगमलाई फेरि २ अर्ब १० करोड रुपैया ऋण दिने भएको छ ।

 

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले अर्थ मन्त्रालयबाट रु ५० करोड, कर्मचारी सञ्चय कोषबाट रु ६० करोड र नागरिक लगानी कोषबाट रु १ अर्बसमेत गरी रु २ अर्ब १० करोड नेपाल आयल निगमलाई ऋण दिने निर्णय गरेको मन्त्री वर्षमान पुनले जानकारी दिनुभयो ।

 

बैठकले बबरमहल बम काण्डमा मारिने तीन जनाको परिवारलाई प्रति परिवार ८ लाख ५० हजार रुपैया राहत समेत दिने भएको छ । गत फागुन ५ गते काठमाडौँको बबरमहलमा भएको बम विस्फोटनमा परी धादिङका कृष्णबहाहर तामाङ, वीरबहादुर तामाङ र मानबहादुर तामाङको मृत्यू भएको थियो । 

 

त्यसैगरी बैठकले बैंककमा हुने राष्ट्रसंघको एक बैठकमा भाग लिन जान योजना आयोगका उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीलाई अनुमति दिने र ओएचसिआरले नेपाल बार एसोसिएसनलाई दिएको एक गाडी ल्याउन भन्सार छुट दिने निर्णय पनि बैठकले गरेको छ ।