चितवन – एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको १९ वर्षअघि जिप दुर्घटना भएको स्थल चितवनको दासढुङ्गामा आज श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ। सभाका वक्ताहरुले नेताद्वयको हत्यारा पत्ता लगाउन नसक्नु दुःखद भएको बताए।एमालेकै पहलका कारण राष्ट्रिय सहमति बन्न सकेको भन्दै उनले निर्धारित समयमा संविधान बन्ने ठोकुवा गरे। एमाले पार्टी कार्यालय भरतपुरबाट निकालिएको र्याली दासढुङ्गा पुगी श्रद्धाञ्जलि सभामा परिणत भएको थियो।
विसं २०५० जेठ ३ गते आजकै दिन चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनामा भण्डारीसँगै जीवराज आश्रितको मृत्यु भएको थियो। पोखराबाट चितवन आउँदै गर्दा दुर्घटना भएको थियो। रासस



