विगत झण्डै एक महिनादेखि वनाइएका छाप्रा पटक पटक हटाउन भन्दा पनि नहटाएपछि समितिले नै हटाउनुपरेको अध्यक्ष मनोज रानाले बताउनुभयो ।
प्रगतिनगर स्थित सेक्टर एफ, जि र एचको पश्चिम तिनाउ नदी किनारको खाली सार्वजनिक जग्गामा सुकुम्वासीको नाममा झण्डै तीन सय छाप्रा बनेका थिए । आइतवार विहान सबै छाप्रा समितिको अगुवाइमा भत्काइएको छ ।
त्यस क्षेत्रका छाप्रा भत्काइएपछि अतिक्रमणकारीले सेक्टरआई अतिक्रमण भएको जग्गा भत्काउन हिडेका थिए ।
तर उनीहरुलाइ समितिले रोकेको थियो । समितिका अध्यक्ष मनोज रानाले तीन दिनभित्रमा सो क्षेत्रका अतिक्रमण हटाउने आश्वसन दिदै उनीहरुलाइ रोक्नुभएको जनाइएको छ । सेक्टरआईमा रहेको सार्वजनिक जग्गा त्यहा घर बनाएर बसेकाहरुले विगतदेखि नै अतिक्रमण गर्दै आएको समितिले जनाएको छ । यता सेक्टर एफ, जि र एचको पश्चिम तिनाउ नदी किनारको खाली सार्वजनिक जग्गामा वृक्षारोपण गर्ने उद्देश्यले संरक्षण गरिएकोमा अतिक्रमण भएकाले छाप्रा हटाउनुपरेको समितिले जनाएको छ ।



