
आज एकाविहानै खण्डग्रास सूर्य ग्रहण लागेको छ ।
नेपालको पूर्वी भागबाट मात्र केही क्षण देखिने ग्रहण सूर्योदयलगत्तै ५ बजेर ३ मिनेटमा शुरु भएको थियो । करिब ६० प्रतिशत सूर्य ढाकिएको अवस्थामा बढीमा ४ मिनेटसम्म ग्रहण देखिएको थियो ।
नेपाल बाहिरबाट स्पष्ट रुपमा ग्रहण देखिए पनि नेपालबाट खण्डग्रास मात्र देख्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्रहालयले हिजै जनाएको थियो ।
पूर्वी नेपालका विभिन्न जिल्लाबाट सूर्योदयलगत्तै ग्रहण देखिएको हो ।