बलिउड अभिनेत्री शिल्पा सेट्टीलाई पहिलो बच्चा


 

मुम्बई – बलिउड अभिनेत्री शिल्पा सेट्टी र राज कुन्द्राको आज बिहान सबेरै छोरा जन्मिएको छ।

 

छोरा जन्मिएको खबर राजले आफ्नो ट्विटरबाट पुष्टि गरेका थिए।

 

खारको बुटिक अस्पतालमा छोरा जन्मिएको हो।

 

आइतबार जन्मने भनिए पनि बच्चा सोमबार बिहान मात्रै जन्मिएको थियो। अस्पतालमा राज र शिल्पाको परिवार उपस्थित भएको बताइएको छ।

 

शिल्पा र राजको बिहे तीन वर्षअघि भएको थियो। दम्पतिको यो पहिलो बच्चा हो।

 

– एजेन्सी