अमेरिकन आइडलको एघारौं संस्करणमा फिलिप फिलिप्स


 

लस एन्जल्स   – गायनको रियालिटी शो ‘अमेरिकन आइडल’ को एघारौं संस्करण फिलिप फिलिप्सले जितेका छन् । सातौं संस्करणदेखि लगातार पुरुषले उपाधिमा कब्जा जमाउँदै आएका छन् । फिलिप जेसिका सान्चेजलाई पछि पार्दै नयाँ अमेरिकन आइडल बनेका हुन् ।

‘मलाई रुन मन पर्दैन, तर त्यस बेला अलि बढी नै पो रोएँ कि ?’ बुधबार राति भएको फाइनलमा विजेतामा नाम लिइएपछि रोएका २१ वर्षे गायकले भने, ‘तर त्यसबेला आनन्द महसुस गरिरहेको थिएँ ।’

विजेता बनिसकेपछि आफ्नै नयाँ गीत ‘होम’ आँसु झार्दै गाएका फिलिपले त्यो क्षण सम्भिmए, ‘त्यस बेला त मैले केही पनि सम्भिmएको थिइनँ, गाइरहेको गीत पनि । गाउनै मन लागिरहेको थिएन । बरु कार्यक्रममा भाग लिँदादेखिको पाँच महिने यात्रा आँखामा नाचेको थियो ।’ टप १३ अगावै मृगौलामा पत्थरीका कारण एक्कासि हस्पिटलाइज्ड भएका फिलिप अप्रेसनपछि पुनः फर्किएका थिए । उपाधि जितेपछि भने उनले आफूलाई भाग्यमानी मानेका छन् । ‘मेरा लागि यो उपाधि एकदमै अविश्वसनीय रह्यो । सायद आशीर्वाद पाएको हुनुपर्छ,’ उनले भने ।

 





कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या राय । फोटो: एपी

Actress Rai arrives on the red carpet ahead of the screening of the film Cosmopolis in competition at the 65th Cannes Film Festival

Actress Aishwarya Rai arrives for the screening of Cosmopolis at the 65th international film festival, in Cannes, southern France, Friday, May 25, 2012. (AP Photo/Joel Ryan)

Actress Rai arrives for amfAR's Cinema Against AIDS 2012 event in Antibes during the 65th Cannes Film Festival