

मेला प्रवेशका लागि आवश्यक टिकटको दाम १५ युरो राखिएको थियो । आयोजकले मेलामा आउने मानिसको संख्या सही रूपमा बताउन सकिरहेका छैनन् । आयोजक जर्ज क्रिसोस्पेथिसले हरेक वर्ष मेलामा २० देखि ३० हजार मानिस आउने गरेको उल्लेख गर्दै यो वर्ष यकिन संख्या बताउन नसकिने जनाएका छन् ।
आर्थिक मन्दीले एथेन्समा खुलेका तीन चौथाई यौन सामग्री बेच्ने पसल बन्द छन् । एथेन्समा यस्ता पसलको संख्या पहिले ३ सयदेखि ४ सयको बीचमा थियो । मेलामा स्टल राखेकी मेरियाना लेमनारुले मानिससँग यौनसम्बन्धी सामान किन्ने पैसा नभएकाले यौनप्रतिको रुचि घटेको बताइन् ।
गि्रसमा यो व्यवसायमा मूल रूपमा साना घरेलु व्यवसायी काम गर्छन् । उनीहरूको कारोबार विदेशबाट आयात गरिने सामग्रीमा निर्भर छ । ग्रिसमा केही उत्पादक उत्तेजक कपडा त उत्पादन गर्छन् तर त्यसले आयातित कपडासँग प्रतिस्पर्धा गर्न मुस्किल परिरहेको
छ । यस्ता कपडा बेच्ने एक पसलेले चिनियाँ र टर्कीका उत्पादनका कारण प्रतिस्पर्धामा कठिनाइ भएको बताए ।
यौन उद्योगमा काम गर्ने मानिसमा ग्रिसले युरो त्याग्ने चिन्ता पनि उत्तिकै छ । ग्रिसमा धेरैजसो सेक्स उपकरण जर्मनी र पोल्यान्डबाट आयात हुन्छ ।
ग्रिसले युरो त्यागेर आफ्नै मुद्रा ड्राख्मा अपनाउनु भनेको यस्ता उपकरण अझ महँगो बन्नु हो जसका लागि मानिसले पैसा छुट्याउन सक्दैनन् । – बीबीसी



