
घरमा राम्री श्रीमती र तीन जना लालाबाला हुंदाहुंदै पूर्वयुवराज पारस शाह थाइल्यान्डकी एक युवतीसंग सल्किएपछि तीन महिनादेखि परिवारसंग सम्पर्कमा छैनन् । बैंककमा प्रेमिकासित बस्ने गरेका पारसले केही समयअघि श्रीमती हिमानी त्यहां गएको बेला सम्पर्कमै आउन चाहेनन । एक सातासम्म पोईले नभेटेपछि हिमानी न्याउरो मुख लगाएर छोराछोरीलाई लिएर काठमाडौं फर्केको बताइन्छ ।
डेढ वर्षअघिदेखि पारस छोरीहरू पूर्णिका र कृतिकाका साथै छोरा हृदयेन्द्रलाई पनि पढाउन लगेर उतै बस्तै आएका छन् ।१० महिनादेखि उनी काठमाडौं फर्केका छैनन ।
आफूले प्रयोग गर्ने गरेको थाइल्यान्डको मोबाइल नम्बरसमेत परिवर्तन गरी उनले बुबा ज्ञानेन्द्र, आमा कोमल र श्रीमतीसँग फोन सम्पर्क समेत टुटाएका छन् ।
आजको सौर्य दैनिकका अनुसार, पारसका साथीहरूले निर्मलनिवासमा खबर पुग्नेगरी उनी थाई युवतीको प्रेममा फसेको जानकारी गराएका छन् । विगतमा एकपटक निकै सुन्दरी ती युवती पारसको निम्तोमा काठमाडौंसमेत आएकी थिइन् ।
बुबा ज्ञानेन्द्रसितको खटपटका कारण पनि पारस काठमाडौंसित विरक्तिएको बताइन्छ ।
काठमाडौंमा हँदा नै पारस परिवर्तित राजनीतिक अवस्था र परिवारबाट पनि