सुनको मूल्य अहिलेसम्मकै उच्चबिन्दुमा पुगेर नयाँ रेकर्ड कायम

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्चबिन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको छ ।


आज बजारमा छापावाल सुन प्रतितोला रु ५६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।


अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआंैस ७० डलरले वृद्धि भएकाले मूल्यवृद्धि भएको सङ्घले जनाएको छ ।


यसअघि वैशाख २२ गते सुनको मूल्य रु ५६ हजारसम्म पुगेको थियो । यसैगरी चाँदीको मूल्य रु बिस बढेर आज रु एक हजार ५५ कायम भएको छ ।