काम चलाऊ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठलाई पुनः परराष्ट्रमन्त्री बनाउनु भएको छ । संविधानसभा विघटनपछि काम चलाऊ हैसियतमा पुगेको एक सातापछि आज प्रधानमन्त्री भट्टराईले श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । श्रेष्ठले पनि आजै आफ्नो जिम्मेवारी सम्हाल्नु भएको छ ।
यसअघि पनि परराष्ट्र मन्त्री नै रहेका श्रेष्ठ बीचमा एमाले सरकारमा गएसंगै पदमुक्त हुनु भएको थियो । उहाँको स्थानमा एमाले महासचिव इश्वर पोखरेल पुग्नु भएको थियो । तर संविधानसभा विघटनपछि एमाले सरकारबाट बाहिरएको थियो ।



