महिला उद्यमीको बैठक रुपन्देहीमा सम्पन्न

– कृष्ण खनाल


बुटवल जेठ २५  ।  रुपन्देही उद्योग संघमा गठित महिला उद्यमी  समूहको बैठक विहीवार सम्पन्न भएको छ । समूहकी संयोजक शोभाकुमारी क्षेत्री जोशीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । बैठकले महिला उद्यमीका अवसर एवं चुनौतिहरु सम्बन्धमा छलफल गरेको थियो । संघका द्वितीय उपाध्यक्ष तथा समितिका सल्लाहकार दिनेशराज रेग्मीले महिला उद्यमीका समस्या समाधान गर्न संघ सदैव तयार रहेको जानकारी गराउनु भएको थियो ।

 

बैठकले आगामी आषाढ  महिना भित्र महिला उद्यमीहरुको भेला बोलाउने तथा महिलाहरुलाई आवश्यक पर्ने सिपमूलक तालिमको आयोजना गर्ने निर्णय गरेको थियो । बैठकमा सल्लाहकार मिना िसंहशर्मा र शारदा पौडेलले महिलाहरु एकिकृत भएर अगाडि बढेमा थुप्रै अवसर सृजना गर्न सकिनेमा जोड दिनुभएको थियो ।

 

 बैठकको संचालन समितिका संयोजक लुना श्रेष्ठले गर्नु भएको थियो ।<