नेपाली चलचित्रकी नायिका जेसिका खड्काद्धारा आत्महत्या


काठमाडौ – नायिका जेसिका (ज्योति) खड्काले मंगलबार बिहान आत्महत्या गरेकी छन् । नेपाली चलचित्रकी नायिका उनले आधा दर्जन जति नेपाली चलचित्रमा काम गरेकी छन् । न्यूरोडस्थित आफ्नै डेरामा भाइसँग रहँदै आएकी उनले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।


खड्काको शवलाई अहिले पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्‍याइएको छ।

 

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘तीते करेली’मार्फत् अभिनय यात्रा अगाडि बढाएकी ज्योति यौन भिडियो सार्वजनिक भएपछि चर्चामा आएकी थिइन्। तर समय क्रमसँगै उनले विवाद सामना गर्दै अभिनय यात्रा अगाडि बढाएकी थिइन्। २ वर्षअघि उनको प्रमुख भूमिका रहेको जंगल क्विन चलचित्र बजारमा आएको थियो।

 

पछिल्लो पटक जंगल क्वीन नामक फिल्ममा उनले अभिनय गरेकी थिइन । उक्त फिल्म असार ८ गते रिलिज हुँदैछ ।

 

प्रहरीले नायिका खड्कासंग राति २ बजे मोबाइलमा कुरा गर्ने एक प्रोडक्सन म्यानेजर बालदिप राईलाई अनुसन्धानका लागि हिरासतमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।