गुल्मीको जैसीथोकमा एक महिला मृत फेला

पि.एम.मगर गुल्मी, 
 गुल्मीको जैसीथोक गाविसमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। जैसीथोक गाविस वार्ड नं. ५ कोप्चेपानी निवासी पदम राम्जालीकी ५५ वर्षीय श्रीमति टोपला राम्जाली मृत अवस्थामा फेला पर्नुभएको हो। गाविसको वार्ड नं. ६ मा अवस्थित पाञ्चायन उच्च माध्यमिक विद्यालय हुँदै कोप्चेपानी झर्ने सडकको विचमा वाटो मुनि घोप्टो परेको अवस्थामा आज विहान श्रीमति राम्जाली मृत अवस्थामा फेला परेको हाम्रा सहकर्मी अर्जुन भण्डारीले वताउनुभएको छ। राम्जालीलाई मृत अवस्थामा फेला पारेपछि स्थानीयवासीले प्रहरीलाई खवर गरेका थिए। मृतक राम्जाली हिजो विहानैदेखि मादक पदार्थ सेवन गरी हिडेको र सोही कारणले लडेर मृत्यु भएको हुनसक्ने स्थानीयवासीको आशंका रहेको छ। मृतकको शव पोष्टमार्टमका लागि तमघास ल्याईएको र घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
                                                                                      News editing By Binod Gaire Arghakhanchi