बजार अभावका कारण पर्वतका ग्रामीण क्षेत्रमा उत्पादित लाखौं मूल्यका आरुवखडा कुहिएर नष्ट भएका छन् ।
जिल्लाका ५५ वटै गाविसमा उत्पादित आरुवखडा र खुर्पानी बजार अभावमा कुहिएका हुन् । आरुवखडा प्रशोधन गरेर अन्य उपभोग्यीय वस्तु बनाउन सकिने भएपनि कृषकलाई तालिम तथा प्रविधिका बारेका ज्ञान नहुँदा बोटबाटै झरेर कुहिएका हुन् ।
एकैपटक पाक्ने र लामो समय भण्डारण गर्न नसकिने भएकाले कुहिने गरेको कृषकहरु बताउँछन् ।
बाँसखर्क, शालिजा, लेखफाँट, क्याङ, दुर्लुङ्ग, लुंखुदेउराली, भोक्सिङलगायतका एक दर्जनभन्दा बढी गाविसमा अत्याधिक उत्पादन हुने आरुवखडाको बजार व्यवस्थाका लागि कृषकले आग्रह गरेका छन् । RSS