काठमाण्डौं असार १ गते । अन्नपूर्ण उच्च माबि ज्याठाको आयोजनामा आठौं राष्ट्रब्यापी अन्तरस्कुल मैत्री चेस टुर्नामेन्ट शुक्रबारदेखि शुरु भयो । पहिलो चरणको खेलमा यू१५ उमेरसमुहमा आयोजक स्कुलका बिजय डंगोल मनोज महर्जन राजन मेमोरियल स्कुलका सक्सेस श्रेष्ठ ख्वपि्रङ्ग ई। एकेडेमीका राज प्रजापति सुर्योदय उमाबि झापाका नितेश अधिकारी र देवांशु घिमिरे ग्रीनल्याण्डका सुरज लोहनी र रामचन्द्र देबकोटाले जित हात पारे ।
त्यस्तै छात्रातर्फ ख्वपि्रङ्ग ई। एकेडेमीकी मतिना कुसी स्वर्णिम स्कुलकी कुमुदिनी पन्त डिएभि शुशीलकेडियाकी रचना पुन आयोजक स्कुलकी आरति पाण्डेले सफलता प्राप्त गरिन् । त्यस्तै यू१३ समुहमा छात्रतर्फ रातो बंगला स्कुलका प्रणय चन्द त्रियोग उमाविका शंकर तिवारी राजन मेमोरियलका प्रोसेस श्रेष्ठ एलआरआई स्कुलका थोमस न्यौपाने प्रतिभा स्कुल पोखराका सुभाष क्षेत्री आयोजक स्कुलका जेनिश थापाले बाजी मारे भने छात्रातर्फ दिपज्योतिका बिना जैसवाल भानुभक्तकी करिना बमजन आयोजक स्कुलका आकृति पाण्डे यारिका मोक्तान र ख्वपि्रङ्गकी रेणु कोजुले सफलता प्राप्त गरिन् ।
त्यस्तै यू११ उमेर समुहमा छात्रतर्फ महाँकाल माविका सनिस मानन्धर एलआरआईका ईश्वर बस्याल र प्रज्वल ज्ञवाली दिपज्योतिका अनिश देवकोटा र सन्दिप के।सी तथा छात्रातर्फ मनिपाल क्याम्पेनकी पेरिसा ताम्राकार अन्नपूर्णकी भावना तिमिल्सीना एलआरआईकी जोहारबी चौधरीले जिते ।
तीनदिने सो टुर्नामेन्टको यू९ उमेर समुहमा छात्रतर्फ भ्यालिभ्यूका बिदित प्रताप िसंह दिपज्योतिका सागर अधिकारी ग्रीनल्याण्डका अनिश न्यौपाने तथा छात्रातर्फ भानुभक्तकी आरोही अधिकारी ग्रीनल्याण्डकी अनुषा पाण्डे अन्नपुर्णकी ओनिका बाँनिया बिजयी भईन् ।
यस टुर्नामेन्टमा ३६ वटा स्कुलबाट ६६ जना छात्रासहित १९७ जना खेलाडीहरु सहभागी रहेको कुरा आयोजक स्कुलका प्राचार्य चन्द्रप्रकाश राजभण्डारीले बताउनु भयो ।