
आमा-बाबुको सोच र छोराछोरीको लक्ष्यको तालमेल नहुँदाको परिस्थितिलाई फिल्मले उठाएको छ । प्रमुख भूमिकामा देखिएका राजवल्लभ कोइरालाको फिल्ममा रहेको फिरन्ते चरित्रलाई कलात्मक ढंगले पस्किएको दाबी गरिएको छ । सुयोगको भूमिकामा देखिएका उनी बुद्धिमान् र ऊर्जाशील हुँदाहुँदै पनि सपनामा तुषारापात भएपछि विरक्तिन्छ । जसले गर्दा जटिल परिस्थितिहरूको सामना गर्दागर्दै पनि आशाको त्यान्द्रोले उसलाई जीवन निरन्तरताका लागि सघाइरहेको हुन्छ ।
सुवास कोइरालाले पहिलो पटक निर्देशन गरेको ‘अपवाद’ मा छायांकार सुसान प्रजापतीले नै लगानी गरेका हुन् । स्त्रिmन प्ले समेत निर्देशक कोइरालाकै हो । फिल्ममा राजवल्लभ सहित निशा अधिकारी, रवि गिरी, विजया गिरी लगायतले अभिनय गरेका छन् । उज्ज्वल मेघी गुरुङको गीत तथा संगीत रहेको फिल्मलाई राजु ढुंगानाले सम्पादन गरेका हुन् । फिल्मलाई युवापुस्ताले बढी रुचाउने अपेक्षा गरिएको छ । यसअघि अमेरिका, अस्टे्रलिया र डेनमार्कमा देखाइसकिएको ‘अपवाद’ लाई हेरेपछि प्रायःले फिल्मको तारिफ गर्दै सामाजिक सञ्जालमा भावना पोखेका छन् ।
प्लान पनि सँगै



