नेपालको क्रिकेट पनि उत्कृष्ट हुन पर्ने धारणा राखे-महेन्द्र सिंह धोनी

  भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी दुई दिने भ्रमणको क्रममा आज नेपाल आईपुगेका छन् । एयर ईण्डीयाको विमानबाट उनी विहान सवा नौ बजे काठमाडौ ओर्लिएका हुन । विमानस्थालमा आयोजित पत्रकार सम्मेलनमा कप्तान धोनीले  दक्षिण एशियाको क्रिकेटको स्तर विरुद्धमा धेरै माथि रहेको उल्लेख गर्दै दक्षिण एसीयाकै अर्को मुलुक नेपालको क्रिकेट पनि उत्कृष्ट हुन पर्ने धारणा राखे । उनले नेपाललाई त्यसकोलागी धैर्यता र एकाग्रताको सुझाव पनि दिए ।
धोनिले नेपालको क्रिकेट स्तरलाईमाथि पुर्याउन क्रिकेटको पूर्वाधार निर्माणमा जोड दिदै नेपाली क्रिकेट बारे सुने पनि आफ्नो व्यस्त कार्यतालिकाले गर्दा अवलोकन गर्न नपाएको गुनसो सुनाए ।
उनले नेपाली क्रिकेटरलाई  अध्ययन र खेललाई समानान्तर रुपमा अगाडि बढाउन समेत सुझाव दिए ।
भारतीय दुतवासको संयोजनमा नेपाल भ्रमणमा आएका धोनी मध्यान्ह कीर्तिपुर क्रिकेट मैदान पुगेर नेपाली यु १९ र राष्ट्रिय खेलाडीसँग २ घण्टा बिताउने छन ।  नेपाली यु १९ टोल्ऽी मलेसियामा अर्को हप्ता सुरु हुने यु १९ एशिया कपको तयारीमा छ । र नेपालले पहिलो खेल भारतसँग खेल्दैछ ।
यसअघि आईसीसीका तत्कालिन अध्यक्ष इशान मणी, फिफा अध्यक्ष सेप व्लाटर तथा पूर्व क्रिकेटरहरु कपिलदेव, सुनिल गावास्करलगायतका  व्यक्तित्वहरु नेपाल आईसकेका छन् ।
 धोनीले आजै तीन बजे उनी बस्ने होटल याक एण्ड यतिमा प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग भेटवार्ता गर्ने छन भने साँझ भारतीय दुतावासले  आयोजना गर्ने रात्री भोजमा सहभागी हुने छ । भोली माईति नेपालको अवलोकन र पशुपति नाथको दर्शनपछि उनी स्वदेश फर्किनेछन् ।