वर्षासंगै लागेको बाक्लो हुस्सुका कारण भिजिविलिटी नपुगेपछि संखुवासभाको एकमात्र विमानस्थल तुम्लिङटारमा ३ दिनदेखि हवाई उडान अवरुद्ध भएको छ ।
विमानस्थलको धावनमार्ग वरपर बाक्लो हुस्सु लागेपछि नेपाल वायुसेवा निगमका साथै यती, तारा र बुद्ध एयरका जहाजले उडान भर्न नसकेको नागरिक उड्ययन कार्यालयले जनाएको छ ।
तुम्लिङटारमा बुद्ध एयरले काठमाडौ र बिराटनगरमा दैनिक उडान भर्दै आएको छ भने यती एयरले काठमाडौमा उडान भर्ने गरेको छ । rss