काठमाडौं – नेपाल यमनसँग पराजित भएको छ। दशरथ रंगशालामा जारी यु-२२ छनौट प्रतियोगितामा नेपाल यमनसँग १-० ले पराजित भएको हो। खेलको २८ औं मिनेटमा यमनका लागि सद्धाम हुसेनले गरेको गोल नै निर्णायक बन्यो।
यसअघि नेपालले बंगलादेशमाथि ४-१ को विजय हासिल गरेको थियो।
अब नेपालले छनौट चरणअन्तर्गत ६ गते उज्बेकिस्तान र ८ गते जोर्डनसँग खेल्नेछ।



