युरोकप फुटबल प्रतियोगिताअन्तर्गत स्पेन र ईटाली प्रतयोगिताको क्वाटरफाईनलमा प्रवेश

युरोकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका अन्तिम खेलहरु जित्दै स्पेन र ईटाली प्रतयोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । समुह सी को अन्तिम खेलमा स्पेनले गएराती क्रोएशीयालाई १-० ले हरायो ।


खेलमा स्पेनलाई विजयी गराउन जिसस नाभसले ८८ औं मिनेटमा निर्णायक गोल गरे । जतिसँगै साविक विजेता स्पेन क्वाटरफाईनलमा प्रवेश ग-यो भने क्रोएशीया समुह चरणबाटै घर फर्कियो ।


समुह सी कै अर्को खेलमा आयरल्याण्ड रिपब्लीकलाई २-० ले हराँउदै ईटाली पनि अन्तिम आठमा प्रवेश ग-यो । खेलमा ईटालीलाई विजयी गराउन एन्टोनियो कासानो र मारीयो बालोटेलीले एक एक गोल गरे ।युरोकप फुटबलमा आज समुह डी का अन्तिम खेलहरु हुनेछन् । आज हुने खेलमा स्विडेन र फ्रान्स तथा इंग्लण्ड र युक्रेन आमने सामने हुनेछन् ।