
पाँचथरमा महायज्ञवाट संकलन गरिएको रकमले जिल्लामै पहिलोपटक विज्ञान कक्षा संचालन हुने भएको छ ।
सदरमुकाम फिदिममा रहेको फिदिम उच्च माध्यामिक बिद्यालयमा दुई वर्ष अघि महायज्ञ संचालन गरि संकलन गरिएको रकमले यो शैक्षिक सत्रवाट विज्ञान कक्षा संचालन गर्न लागिएको हो ।
बिज्ञान कक्षाको लागि दुई कोठे ल्याव भवन र आवश्यक सामाग्रीहरु राखिएको छ ।
१३ दिनसम्म संचालन गरिएको महायज्ञवाट ७३ लाख रुपैया संकलन गरिएको थियो । – RSS