काठमाडौं, ६ असार १९ वर्षमुनिको एसिया कप क्रिकेटमा सहभागी जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोलीभोलि मलेसियातर्फ प्रस्थान गर्दैछ ।
जुन २३ देखि १ जुलाईसम्म मलेसियामा हुने प्रतियोगिताका लागि राष्ट्रिय टोलीभोलि त्यसतर्फ जाने नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको हो ।
राखेपका सदस्य सचिव युवराज लामाले आज एक कार्यक्रमको आयोजना गरी टोलीलाई विदाई गरेका छन् । एसिया कपमा नेपाल समूह ए मा परेको छ । जस अन्तर्गत शनिबार हुने पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ, त्यस्तै आइतबार मलेसियाको तथा मंगलबार भारतको सामना गर्ने छ ।