– कृष्ण खनाल
बुटवल असार ७ । रोहित पुरीको निर्माण रहेको सरिता पुरीको जिन्दगानी दर्पणछाया आज बाट मोफोसलका हलहरुमा प्रर्दशन हुदैछ । पहिलोपटक नाराहिटी संघ्रालयमा छायाँकन गरिएको उक्त चलचित्र श्रीनगर फिल्मस् प्रालिको व्यानरमा रोहित पुरीले निर्माण गर्नुभएको हो । लेखन छायाकंन तथा निर्देशन मनिष पन्थको रहेको चलचित्र यस अघि काठमाण्डौमा पर्दशन भईसकेको छ भने आजबाट चलचित्र बुटवलको मिलन चलचित्र मन्दिरमा पर्दशन हुदैछ ।
दिलिप रायमाझि नन्दिता के.सी सन्तोष अग्रहरी रजनी प्रधानका अतिरिक्त गिरी प्रसाद पुन लाहुरे दाई; सुष्मा कार्कीको समेत अभिनय दर्शकले हर्ने पाउनेछन ।
चलचित्रमा संगित विरेन्द्र अग्रहरी गित सन्तोष अग्रहरी र जानकी पन्थ नृत्य दिनेश अधिकारी द्वन्द्व सानु कुमार सम्पादन सुमन थापा निर्माण नियन्त्रक शंकर पाण्डे र माधव पन्थको रहेको छ ।