किभ, असार १० सोह्र वर्षयता पहिलोपटक महत्वपूर्ण फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्न इङ्ल्यान्डले आइतबार कठिन प्रतिद्वन्द्वी इटालीको सामना गर्दैछ। यी दुईले युरो कप २०१२ को अन्तिम क्वार्टरफाइनलमा खेल्न लागेका हुन्।
प्रतिष्ठित प्रतियोगिताको क्वार्टरफाइनलमै मुस्किलले प्रवेश पाउने रोय हड्सनको युवा टोलीले यसपटक उच्च मनोबल लिएर युरो कप खेलिरहेको छ। पछिल्लो १० वर्षमा इङ्ल्यान्ड तीनपटक क्वार्टरफाइनलबाट बाहिरिसकेको छ।
यसपालि दाबेदार मानिएको फ्रान्ससम्मिलित समूह ुडीु बाट इङ्ल्यान्ड विजेता हुँदै क्वार्टरफाइनल पुगेको हो। समूह चरणमा फ्रान्ससँग १(१ को बराबरी खेलेको इङ्ल्यान्ड पछिल्लो ५ खेलमा अपराजित छ। यस्तो अवस्थामा इङ्ल्यान्डले युरोमा कायम रहन इटालीलाई पार लगाउनुपर्ने हुन्छ।
ुअहिले जस्तो खेलिरहेका छौं। त्यसैलाई निरन्तरता दिन सके हामीले चाहेजस्तो नतिजा ल्याउन सक्यौं। तर कसलाई के थाहा खेलमा के हुन्छ भन्ने,ु हड्सनले भने, ुयो अर्को एउटा भिडन्त हो, त्यसमा हामीले सफलता पाउनुछ। हामी प्रतियोगितामै छौं र अझै अगाडि बढ्नु छ। यतिखेर वास्तवमै हामी सुखद अनुभव गरिरहेका छौं।ु
हड्सनका लागि सम्भावित चिन्ता भनेका पाँच मह