सलमान खानको फिल्म दवङ्ग २ को सुटिङमा विस्फोट हुँदा फिल्मका तीन प्राविधिकहरु घाइते

मुम्बई – सलमान खानको फिल्म दवङ्ग २ को सुटिङमा विस्फोट हुँदा फिल्मका तीन प्राविधिकहरु घाइते भएका छन्। मुम्बईको महेवुव स्टुडियोमा सुटिङ भइरहँदा सर्ट सर्किटका कारण विस्फोट भएको हो।
 
विस्फोटपछि हिजै घाइतेहरुलाई नजिकैको लिलावती अस्पताल उपचारका लागि लगिएको थियो। वलिउड हङ्गामाका अनुसार दवङ्ग २ को एक्सन सिक्वेन्सको सुटिङ चलिरहेको थियो। 

 
यस्तो सिक्वेन्समा हुनसक्ने जोखिमबाट बच्न डक्टर तथा एम्बुलेन्सलाई स्ट्यान्डवाई राखिएको हुन्छ। घाइतेहरुलाई डक्टरहरुले एम्बुलेन्समा राखेर लगेका थिए। तीन जना प्राविधिकको स्थिति खतरामुक्त रहेको छ। दुर्घटना लगत्तै सलमान खान लिलावती अस्पताल पुगेका थिए। विस्फोटमा कलाकारहरुलाई कुनै चोट भने लागेको छैन।

फिल्ममा दवङ्ग कै जोडी खान र सोनाक्षी सिन्हाले मुख्य भूमिका निभाएका छन्। – एजेन्सी