काठमाडौं, ११ असार इंगल्यान्ड युरोकपबाट बाहिरिदा इटाली भने अन्तिम चारमा प्रवेश गरेको छ । इंगल्यान्ड इटालीसँग पेनाल्टी सुट आउटमा पराजित भएको हो । निर्धारित ९० मिनेटको खेलमा पनि कुनै टीमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गयो । १ सय २० मिनेटसम्म चलेको खेलमा इंगल्यान्डलाई २ का विरुद्ध ४ गोलले पराजित गर्दै इटाली सेमिफाइनलमा प्रवेश गरेको हो ।
यो जित सँगै इटालीले सेमिफाइलमा बिहीबार जर्मनीको सामना गर्दैछ । इंगल्यान्डका कप्तान जेरार्ड र रोनीको प्रहार सिघै जाली चुमेको थियो भने योङ स्ट्रकको प्रहार बारमा लागेर फर्केको थियो । त्यस्तै कोलको प्रहार इटालीका गोल रक्षक बुफनले बचाएका थिए ।
इटालीका लागि मारियो बलोटेली, एन्ड्रीया पिरलो, एन्टोनियो र एलेक्जेन्ड्रोले गोल गरेका थिए भने रिकारद्रोका बल पोष्टभन्दा बाहिरिन पुग्यो ।