कपिलवस्तुमा तीन दिनदेखि पानी पर्नाले कृषकलाई बीउ राख्न चटारो


 

कपिलवस्तु – तीन दिनदेखि पानी पर्नाले कृषक बीउ राख्न थालेका छन् । कतिपयलाई बीउ किन्ने चटारो छ । राम्रो बीउका सोधपुछ गरिरहेका छन् ।

लामो समय पानी नपरेर निराश कृषक पानी परेपछि अहिले खेतखेतमा देखिएका छन् । असारे गीत गाउँदै खेतमा रमाइलो गरेर खेत खनजोतमा लागेको महराजगन्जका कृषक नरसिंह कहारले बताए ।


आइतबार सदरमुकाम आसपास ४७ मिलिलिटर पानी परेको थियो । सोमबार ५ मिलिलिटर परेको जल तथा मौसम विज्ञान विभाग इकाइ कार्यालय रामनगरले जनाएको छ । बीउ राख्न दुई साता ढिलो भए पनि पछि मौसमले साथ दिए धान उत्पादन नघट्ने कृषि कार्यालयका निमित्त कृषि विकास अधिकृत खुर्सेदअहमद खाँले बताए । जिल्लामा ७२ हजार हेक्टरमा धान रोपिन्छ ।

 

कान्तिपुर