निगरानी दैनिक पत्रिकाको अफसेट प्रेस तोडफोड

उर्लाबारी – मोरङको उर्लाबारीबाट प्रकाशित हुने निगरानी दैनिक पत्रिकाको अफसेट प्रेस आज बिहान तोडफोड भएको छ ।

 

तोडफोड कस्ले गरेको भने खुल्न नसकेको निगरानी दैनिकका प्रधान सम्पादकहरि कोइरालाले बताउनुभयो ।

 

बिहान अफसेट प्रेसमा कोहि नभएको मौका छोपी अज्ञातब्यक्तिले तोडफोड गरेको र  घटनाका बारेइलाका प्रहरी कार्यलयमा जानकारी गराइएको कोइराले बताउनु भयो ।

 

उहाँको अनुसारबिहान पत्रिका छापेर बितरण भएको थियो र ११ बजेतिर तोडफोड भएको थाहा भएको हो। यता इलाका प्रहरी कार्यलय उर्लाबारीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ।