
पोल्याण्ड र युक्रेनको संयुक्त आयोजनामा जारी युरो २०१२ को फाइनलमा भोलिराति युरोप फुटवलका दुई हस्ती स्पेन र इटाली आमनेसामने हुँदैछन् ।
युक्रेनको किभमा हुने खेल नेपाली समय अनुसार मध्यराति साढे १२ बजे शुरु हुनेछ । युरो र वल्र्डकप जस्ता प्रतियोगितामा लगातार २ पटक उपाधि चुमेको स्पेन यो लय कायम राख्दै जारी युरोकप पनि आफ्नै पोल्टामा पार्ने दाउमा छ ।
स्पेनको यो चाहना पूरा भए मूख्य प्रतियोगितामा लगातार तीन उपाधि चुम्ने स्पेन पहिलो राष्ट्र हुनेछ । स्पेनले २००८ को युरो र २०१० को विश्वकप जितेको छ । यसअघि तात्कालिन पश्चिम जर्मनी यो कीर्तिमानको नजिक पुगेको थियो । तर तात्कालिन चेकोस्लोभाकियाले १९७६ को युरो फाइनलमा पश्चिम जर्मनीलाई टाई