उमाकान्त पाण्डे गाउले
आधारभूत ग्रामिण बिकास सेवा दुबिया-८, बनगाई कपिलबस्तुको आयोजना तथा सहमति गैंडाकोट संगको साझेदारीमा सहकारीको क्षमता तथा नेतृत्व बिकास सम्बन्धि ३ दिने सहकारी ब्यबस्थापन तालिम आज देखि शुरु भएकोछ ।
दुबिया गाविसमा बिगत छ बर्ष देखि संचालन भएको समुन्नती कार्यक्रम अन्तर्गत आधारभूत बचत तथा ऋण सहाकरी संस्था दुबिया,बनगाईको क्षमता तथा नेतृत्व बिकासको लागि आयोजना गरिएको उक्त तालिममा सहकारीका पदाधिकारी, कर्मचारी तथा नया शेयर सदस्यहरु गरि २५ जना प्रशिक्षार्थी सहभागी रहेकाछन ।
आधारभूत ग्रामिण बिकास सेवाका सचिब तथा नेरा मा।बि, बनगाईका शिक्षक बाबुराम थारु, समुन्नती कार्यक्रमका कार्यक्रम संयोजक रमेश बेलबासे, समुन्नती कार्यक्रमका सम्पर्क व्यक्ति पुष्प अधिकारी र सामुदायिक परिचालक नोखई थारुले प्रशिक्षकको भूमिका निर्बाह गर्नु भएको थियो । तालिम भोलि सम्म चल्ने छ ।



