पल्सर स्पोर्टस अवार्डमा गल्फका शिवराम श्रेष्ठ बर्ष खेलाडी घोषित

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा गल्फका शिवराम श्रेष्ठ बर्ष खेलाडी घोषित भएका छन् । श्रेष्ठले यो विद्याको मनोनयनमा परेका अन्य चार खेलाडीलाई उछिन्दै उपाधि चुमेका हन् । बर्ष २०६८ मा शिवरामले खेलेको ११ मध्ये ७ खेलमा जित हात पारेका थिए । यसैगरी, महिलातर्फ भारत्तोलनकी तारा पुन बर्ष खेलाडी भइकी छिन् ।

 

२३ बर्षिय पुनले बर्ष २०६८ मा दुई ठूला प्रतियोगितामा राष्ट्रिय कीर्तिमान सहित दुई स्वर्ण पदक जितेकी थिईन् । मञ्चको आयोजनामा सम्पन्न पल्सर स्पोर्ट्स अवार्डको दशौं संस्करणमा यस पटक कुल ८ विद्यामा खलाडीहरुलाई पुरस्कृत गरिएको थियो ।

 

आठ विद्या मध्ये लोकप्रिय बर्ष खेलाडीको अवार्ड भलिबलकी रमिला तण्डुकारले प्राप्त गरिन् । एस.एम.एस. भोटिङको आधारमा घोषण हुने यो विद्याकी विजेता तण्डुकारले ४४ हजार २ सय ४५ भोट प्राप्त गरेकी थिईन् । अवार्डकै अन्य विद्याहरुमा क्रिकेटका पृथु बास्कोटा बर्ष खेलाडी