– राजन पाण्डे
विराटनगर । प्राप्त समाचार अनुसार भन्सार मूल्याङ्कन वृद्धि भएपछि भारतबाट आयात हुने आलु र प्याजको बिक्री मूल्य महँगो भएको छ ।
यसैक्रममा विराटनगर भन्सार कार्यालय रानी विराटनगरले विराटनगरलगायत पूर्वाञ्चलमा बिक्री वितरण गर्न आयात हुने आलु र प्याजको मूल्याङ्कन बढाएपछि व्यवसायी र उपभोक्तामाथि महँगी समस्या थपिएको छ । पूर्वाञ्चलमा आलु र प्याज आवश्यकताभन्दा कम उत्पादन भएका कारण आपूर्तिका लागि भारतका विभित्र सहरबाट आयात गरिन्छ ।
विराटनगरमा अहिले आलु र प्याजको मूल्य हरियो सागसब्जीभन्दा दोब्बर छ । भिन्डी, लौका, बन्दागोभी र घिरौँला रु १५ देखि रु २० प्रतिकेजी तथा आलु रु ३५ तथा प्याज रु २५ प्रतिकेजी बजारमा बिक्री भइरहेको छ ।
विराटनगर गुद्री बजारका तरकारी थोक बिक्रेता पशुपति भगत विराटनगर भन्सारले आलु मूल्याङ्कन प्रतिकेजी रु १० तथा प्याज प्रतिकेजी रु सात कायम गरेपछि बाध्य भई आलु र प्याजको मूल्य बढाउनुपरेको बताउनुहुन्छ । भन्सार शुल्क, ढुवानी खर्च, नगरपालिका शुल्क र क्वारेन्टाइन शुल्कले गर्दा अहिले आलु र प्याज महँगो भएको हो ।
विराटनगर भन्सार कार्यालय प्रमुख विनोदबहादुर कुँवर भन्सार मूल्याङ्कन न्यूनतम भएको उल्लेख गर्दै अन्तर भन्सार सूचना आधारमा दुई हप्ताअगाडि आलु र प्याज मूल्याङ्कन केही वृद्धि भएको बताउनुहुन्छ । कृषिजन्य वस्तुको आयातमा पाँच प्रतिशतमात्र शुल्क लाग्ने गरेको विराटनगर भन्सारले जनाएको छ ।
प्लान्ट क्वारेन्टाइन चेकपोस्ट रानी प्रमुख रामविलास रायले भन्सार मूल्याङ्कन वृद्धिले आलु र प्याजको आयातमा कमी भएको बताउनुहुन्छ ।
दैनिक १० ट्रक आलु र प्याज आयात हुने जोगवनी नाकाबाट अहिले दैनिक एक