भ्याट बारेको अनुसन्धान जारी राख्न सरकारले केही पहिले आन्तरिक राजस्व कार्यालयलाई निर्देशन दिएको थियो । आन्तरिक राजस्व विभागले ठूलो मात्रामा कर छलेको आशंकामा थप पाँचसय १३ वटा ठूला तथा मध्यम खालका व्यावसायिक कम्पनीहरुमाथि छानबीन शुरु गरेको छ।
झुटा बिल बनाएको र नाफा कम देखाएर राजस्व छलेको आशंकामा ती कम्पनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएको विभागका अधिकारीहरुले बताए।नक्कली कम्पनी खडा गरी झुटा बिल मार्फत अर्बौं रुपैयाँ राजस्व छलेको आशंकामा केही पहिले मात्र पाँच सय १८ वटा कम्पनीहरुमाथिको अनुसन्धान पूरा गरेको आन्तरिक राजस्व विभागले थप पाँचसय १३ नयाँ कम्पनीमाथि अनुसन्धान शुरु गरेको हो।
“नक्कली बिल बनाउने, नक्कली कम्पनी नै खडा गर्ने, भएको नाफालाई कम देखाउने र नभएको खर्चलाई बढी देखाउनेमाथि अनुसन्धान थालेका हौं”आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्माले बताए ।
विभागका अनुसार पहिलो चरणको अनुसन्धानबाट ६ अर्ब ६० करोड रुपैयाँ राजस्व छलेको पुष्टि भएको छ र त्यसमध्ये करीब एक अर्ब १५ करोड असुली समेत भइसकेको छ।
त्यो अनुसन्धान सकिए लगत्तै विभागले झण्डै पहिलो चरणकै संख्याको हाराहारीमा ठूला घरानियाँ ब्यापारी र विभिन्न कम्पनीमाथि छानबीन बढाएको हो।
यस अघि र अहिले छानबीनमा परेका कम्पनीले राजस्व छल्ने उस्तै शैली अपनाएको अधिकारीहरुको भनाइ छ।
जोखिम मापन गर्ने मापदण्डका आधारमा दोस्रो अनुसन्धान शुरु गरिएको विभागका महानिर्देशक टंकमणि शर्माले बताए।उनले भने,