
बलिउड मन्त्रका अनुसार करिनाले यो फिल्मका लागि १०० दिन मात्र छुट्याएको तर निर्देशक भन्सालीले थप केही दिन दिनुपर्ने बताएपछि त्यो संभव नभएकोले छाड्नु परेको बताएकी हुन्।
तीन वटा नयाँ प्रोजेक्टमा आफू व्यस्त भएकोले पनि त्यसमा समय दिन नसकेको उनको तर्क छ। उनले बिहेको कारण यस्तो नभएको तर्क गरेकी छिन्।
करिनाका म्यानेजर जाहिदले भने एउटा अर्को कारण पनि बताएका छन्- पैसा। उनका अनुसार सुरुमा १०० दिनको सुटिङका लागि पैसाको कुरा मिलाइएको थियो। तर १०० दिनमा सुटिङ नसकिएपछि थप दिनको सुटिङका लागि प्रति दिन पैसा चाहिने कुरा भएको थियो। सुरुमा माने पनि पछि भन्साली नमानेकोले फिल्म छाडेको उनको दावी छ।




