पेप्सीकोला, कोकाकोला, फेन्टा, ड्युलगायतका पेय पदार्थहरुमा कालोबजारी

इलाम सदरमुकाम क्षेत्रमा बिक्रीहुने पेप्सीकोला, कोकाकोला, फेन्टा, ड्युलगायतका पेय पदार्थहरुमा कालोबजारी भएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामले मंगलबार गरेको बजार अनुगमनका क्रममा यी पेय पदार्थका बोतलमा छापिएको बिक्री मुल्य भन्दा प्रत्येक बोतलमा १० देखि १५ रुपैयाँबढीमा बिक्री गर्ने गरेको पाइएको हो । फेन्टाको आधा लिटरको बोतलमा ५५ रुपैयाँ बिक्री मुल्य तोकिएको छ ।

 

 

तर बजारमा ६० देखि ७५ रुपैयाँ सम्म बिक्री गर्ने गरेको झापाली मिष्ठान्न भण्डार सञ्चालकले बताएका छन् । यस्तै ड्युको आधा लिटरको बोतलमा बिक्री मुल्य ४८ रुपैयाँ छ तर बिक्रेताहरुले ६० रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका सन्तोष घिमिरेले बताए । त्यसै गरि एक लिटरको कोकाकोलाको बोतलमा एक सय ५ रुपैयाँ बिक्री मुल्य रहेको छ । यसमा पनि एक सय २० रुपैयाँमा बिक्री गर्ने गरेको भेटिएको घिमिरेले बताउनु भयो । अनुगमनका क्रममा कतिपय म्याद गुज्रेका उत्पादन पनि बिक्रीका लागि राखिएको भेटिए । तोकिएको भन्दा बढी मुल्यमै बिक्री गरेको पाइए रकम फिर्ता गर्नुपर्ने र कालोबजारी ऐन अन्र्तगत कार्वाही हुने कामयमुकायम प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले बताउनु भयो ।

यसै बीच अनुगमन टोलीले होटल तथा मिष्ठान्न भण्डारहरुको समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा केही मिष्ठान्न भण्डारहरुमा पहिलाको भन्दा केही सुधार गरिएको पाइयो । तर अंकित मिष्ठान्नले भने अझै सफासुघरमा सुधार नगरेको पाइएको अनुगन टोलीले बताएको छ । RSS