– भारतीय कलाकार दारा सिंहको बिहीबार बिहान ८४ वर्षको उमेरमा निधन भएको छ ।
कुस्ति खेलाडीको रुपमा समेत प्रसिद्ध सिहंले भारतीय चर्चित धारावाहिक रामायणमा हनुमानको भूमिका निभाएका थिए ।
पारिवारिक स्रोतका अनुसार उनको दिमागमा रक्त प्रवाह नभएपछि कोकिलबेन अस्पतालमा एकहप्ता अघि भर्ना भएका थिए । सिंहको बिहान साढे ७ मा निधन भएको उनको छोरा बिन्दु सिंहले जानकारी दिएको सामचार एजेन्सीहरुले जनाएका छन् । सिंहको बिहीबार दिउँसो २ बजे दाहसंसकार गरिएको छ ।
हृदयघात भएपछि ७ जुलाईमा उनलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आउने संकेत नदेखिएपछि परिवारजनले बुधबार राति उनलाई घर ल्याएका थिए ।
सिंहले धेरै हिन्दी सिनेमा खेलेका छन् । पछिल्लो पटक सन २००७ मा ‘जब वी मेट’ फिल्मा करिना कपुरको बुबाको भूमिकामा उनी ठूलो पर्दामा देखिएका थिए ।