अष्ट्रेलियामा हुने आईसीसी अण्डर नाईन्टिन विश्वकप क्रिकेटको लागि नेपाली राष्ट्रिय टोलीको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले मलेशियामा सम्पन्न एसीसी अण्डर नाइन्टिन एशिया कप खेलेको टोलीलाई नैं विश्कपको लागि निरन्तरता दिएको छ ।
१५ सदस्यीय टोलीको कप्तानी पृथु वास्कोटाले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी प्रदिप ऐरीले समाल्नेछन् । टोलीमा सहभागि अन्य खेलाडीहरुमा नरेश बुढाएर, रामनरेश गिरी, मोहोमद हासीम अन्सारी, कृष्ण कार्की, भुवन कार्की, अविनाश कर्ण, सौरभ खनाल, गोपाल सिंह, राहुल विक, राजेश पुलामी, सुवास खकुरेल, सागर पुन र फैजलुर रहमान रहेका छन् ।
अण्डर नाईन्टिन विश्वकप क्रिकेटमा नेपाल कठिन समुहमा रहेको छ । नेपालको समुहमा आयोजक अष्ट्रेलिया, इग्लण्ड र आयरल्याण्ड छन् । नेपालले आफ्नो पहिलो खेल अगष्ट १३ मा अष्ट्रेलिया विरुद्ध खेल्नेछ । – RSS