मनिषलाई रेपिड उपाधि

काठमाण्डौं असार ३० गते । द हिमालयन चेस क्लबद्धारा आयोजित राजेशप्रसाद शाहस्मृति रेपिड चेसको उपाधि फिडेमास्तर मनिष हमालले जितेका छन् ।

 

नेपाल बुद्धिचाल संघका केन्द्रिय सदस्य रामसुरत प्रसाद शाहका छोराको सम्झनामा आयोजित स्वीसलिग पाँच चरणको खेलमा मनिषले पाँचै खेल जितेका थिए । उपाधिका साथ उनले नगद पच्चीस सय हात पारे । मनिषसित एक खेल गुमाएका पूर्वनेपाल च्याम्पियन बदि्रलाल नेपाली ४ अंकका साथ दोश्रा भए भने हेराकाजी महर्जन तेश्रा भए । उनीहरुले नगद क्रमशः पन्ध्रसय र एकहजार प्राप्त गरे ।

 

त्यस्तै ३.५ अंकका साथ पूर्णराज खड्का चौथौं भए भने समान ३ अंक प्राप्त गरेपनि टाईब्रेकका आधारमा मनोज चित्रकार पाँचौ राजेन्द्रप्रसाद श्रेष्ठ छैटौं र नविन तण्डुकार सातौं भई जनही पाँचसय पुरस्कार हात पारे । एकदिने सो टुर्नामेन्टमा २४ जना खेलाडीहरु सहभागी थिए ।